सल्यानमा एक पुरुष मृत फेला

सुर्खेत । सल्यानमा  एक पुरुष मृत फेला परेका छन्। छत्रेश्वरी गाउपालिका–५ बाग बजार जुमकोटका ७४ वर्षीया चित्रमान खत्री मृत फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार खत्री खरघाँस लिन जान्छु भनि आफन्तको खरबारीतर्फ गएकोमा साँझ अबेरसम्म घर फर्केका थिएन्।

खत्री साझ घर समयमै नफर्केपछि आफन्तहरुले खोजतलास गरेका थिए।

खोजतलास गर्दै जाने क्रममा बाँझो खेतमा घोप्टो परि मृत अवस्थामा खत्रीफेला परेको भनि छत्रेश्वरी गाउपालिका–५ का वडा सदस्य धुम बहादुर केसीले प्रहरीलाई खबर गरेका थिए।

वडा सदस्य केसीले टेलेफोन मार्फत प्रहरी चौकी भोटेचौरमा खबर गरे पश्चात प्रहरी टोली घटनास्थल खटिएको थियो।

तपाईको प्रतिक्रिया