चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना

सुर्खेत । रुकुम पश्चिमको चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भई सञ्चालनमा आएको छ। आइतबार एक औपचारिक कार्याक्रमकाबीच यातायात व्यवस्था सेवा कार्यालयको शुभारम्भ गरिएको हो।

चौरजहारी नगरपालिका–२ स्थित भएको कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री राजकुमार शर्माले सेवा कार्यालयको शुभारम्भ गरेका छन्।

चौरजहारी नगरपालिका– ७ मा घर भई नगरपालिकामा सवारी चालक रामप्रसाद आचार्यको सवारी दर्ता किताव नविकरण गरैसँगै सेवा आरम्भ भएको हो।

२०७६ साल भाद्र १२ गते कर्णाली प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले उद्घाटन गरेका यातायात कार्यालयमा कर्मचारी अभावका कारण सेवा सुचारु गर्न सकेको थिएन।

यातायात कार्यालयले आइतबार सेवा सुचारु गरेसँगै सवारी दर्ता किताव नविकरण, सवारी कर असूली, सवारी साधन दर्ता, र सरुवा सहमति दर्ता गर्ने कार्य हुने भएका छन्।

७ जना कर्मचारी दरबन्दी रहेको सेवा कार्यालयमा हाल ३ जना कर्मचारीले कार्यरत रहेकान छन्।

यस्तै, ई–सेवाको लागि प्राविधिक कर्मचारीको व्यवस्थापन भइसकेपछि लाईसेन्सको परिक्षा संचालन सवारी जाँच, पास, रुट प्रमिट नविकरण, रुट प्रमिट जारी, सवारी चालक अनुमति पत्र नविकरणको काम थालनी गरिने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया