
सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट अध्ययन तथा रोजगारीका लागि जापानमा रहेका यूवाहरुको सामाजिक संस्था कर्णाली प्रदेश समाज जापानको दोस्रो अधिवेश सम्पन्न भएको छ ।
आइतबार जापानको राजधानी टोकियोमा सम्पन्न दोस्रो अधिवेशनबाट समाजको दोस्रो कार्यकालका लगि पुनः अध्यक्षमा सुर्खेतका कृष्ण शाही चयन भएका छन् ।
शाहीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्वत चयन भएको छ । प्रवासमा भाईचाराको सम्बन्ध कायम गर्दै प्रवासबाटै कर्णालीका विभिन्न क्षेत्रमा योगदान गर्ने उद्देश्यका साथ सन् २०२० मा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

नेपालीरैबार । २०७९ फाल्गुन २२, सोमबार