कर्णालीका तीन जिल्लामा तीन शव फेला

सुर्खेत । कर्णालीका विभिन्न जिल्लामा गरि तीन जनाको शव फेला परेको छ। तीन वटा जिल्ला सुर्खेत, हुम्ला र रुकुम पश्चिममा गरि विभिन्न मित तीन जनाको शव फेला परेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतको लेकबेशी नगरपालिका–६ स्थित भेरी नदीको किनारमा एक महिलाको शव फेला छ।

महिलाको शव देखेपछि स्थानीयले प्रहरी चौकी रामघाट सुर्खेतमा जानकारी गराएका थिए। उक्त चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर शव नदीबाट निकालेको थियो। उक्त शव भेरीगंगा नगरपालिका–४ बाहुने चौर बस्ने ७२ वर्षीय जैसरा भाट खत्री

रहेको मृतकको छोरा जीतबहादुर खत्रीले घटनास्थलमा गई सनाखत गरेको प्रहरीले जनाएको छ।

यस्तै, हुम्लाको सर्केगार्ड गाउँपालिका–२ उनापानी स्थित कर्णाली नदीको किनारमा पुरुषको शव फेला परेको छ। कर्णाली नदीको किनारामा शव देखेपछि खार्पुनाथ गाउँपालिका–४ नल्ला २८ वर्षीय सुरेन्द्र शाहीले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीका अनुसार उनको पहिचान खुल्न सकेको छैन्।

यस्तै, अर्को शव रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ गोरे भिरमा फेला परेको छ। पहिचान नखुलेको अन्दाजी ४०/४२ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया