बालिकाहरूको शिक्षा अधिकारका लागि अन्तरक्रिया

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा हिंसा प्रभावित महिला तथा बालिकाहरुको शिक्षा अधिकारका लागि संवाद भएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सहयोग सुन्दर नेपाल संस्था,आवाज सुर्खेत,गैसस महासंघ कर्णाली प्रदेशको समन्वय र शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा कार्यक्रम भएको हो।

बुधवार आयोजित उक्त कार्यक्रममा बालिकाको सिकाई उपलब्धी बढाउने विषयमा नागरिक समाजका प्रतिनिधिहरुसंग संवाद गरिएको छ।

हिंसा प्रभावित महिला तथा बालिकाहरुको शिक्षा अधिकारका लागिग र्न सकिने पहलका विषयमा समेत विचार आदान–प्रदान गरिएको थियो। शिक्षक समाज सुर्खेतका अध्यक्ष अमृता सापकोटाले पालिकाहरुले शिक्षा क्षेत्रमा नीति कार्यक्रम र योजना बनाउने पर्ने बताइन्।

निःशूल्क, गुणस्तरीय र सर्वसुलभ शिक्षा भनिए पनि त्यसो हुननसकेको उनको भनाई छ। स्थानीय सरकार बढी उत्तरदायी बन्नुुपर्ने भन्दै उनले शिक्षामा लगानी न्यून रहेको बताइन। नागरिक समाजका प्रतिनिधिहरुले सरकारले चाहेमा निःशूल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव रहेको बताएको थिए।

स्थानीय सरकारले शिक्षामा लगानी नगरेको उनीहरुको निष्कर्श थियो । पूर्वाधारमा जोड दिने पालिकाहरुले शिक्षामा लगानी बढाउनुुपर्ने बताएका थिए। कर्णाली प्रदेश बाल सञ्जालका गौमाया अधिकारीले पाठ्यपुुस्तक विनै परीक्षादिनुुपर्ने बाध्यता सुनाइन्। वार्षिक परीक्षाविना पुुस्तक पढेर दिनुुपर्ने बाध्यता रहेको उनले बताइन।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) कर्णाली प्रदेशसंयोजक भूपेन्द्र कँडेलले स्थानीय सरकारसंग गुुणस्तरीय शिक्षाका सवालमा छलफल भइरहेको बताए। उनले भने, ‘स्थानीय र प्रदेश सरकारलाई नागरिक स्तरबाट पैरवी र खवरदारी आवश्यक छ।’

सोही कार्यक्रममा नेपालम महिला श्रमिकका सन्र्दभमा रहेका चुुनौती र अवसरका विषयमा छलफल समेत गरिएको थियो। महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने आवाज संस्थाका निशा पौडेलले आमा हिंसा पिडित हुुँदा बालबालिका पढाईबाट बन्चित हुनुु परिरहेको बताइन्।

उनले भनिन,‘वालविवाह,बहूविवाह हुुँदा बालबालिकाको जन्मदर्ता बन्दैन। विद्यालय भर्ना गर्न समेत समस्या हुुन्छ। कार्यक्रममा सहभागी हिंसा पिडित महिलाहरुले हिंसा न्यूनीकरणका लागि गाउँघरमा सचेतना मूलक कार्यक्रम गर्नुपर्ने बताएका थिए। उचित राहत र पूनस्थापनाका लागि पहल गरिदिन उनीहरुको माग छ।

तपाईको प्रतिक्रिया