वीरेन्द्रनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जना घाइते

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको छ। वीरेन्द्रनगर नगरपालिका–३ कर्णाली केयर हस्पिटल अगाडी मुलपानीबाट यरीचोकतर्फ आउदै गर्दा ठक्कर दिएको हो।

भे ५ प ७६२७ नम्बरको मोटरसाइककले ठक्कर दिँदा वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ४६ वर्षीय पैदलयात्री पद्मा उपाध्यलाई घाइते भएको प्रहरीले जनाएको छ।

घाइतको कर्णाली केयर हस्पिटल सुर्खेतमा उपचार भईरहेको छ।

मोटरसाइकल चालक कालिकोटको खाडाचक्र नगरपालिका–३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातापानि बस्ने १८ वर्षीय समिर पाण्डे रहेका छन्।

प्रहरीका अनुसार उनि घाइतेको उपचारका खटिएका छन् भने मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया