जाजरकोटमा भीरबाट लडेर एक जना गम्भीर घाइते

सुर्खेत । जाजरकोटको भेरी नगरपालिकामा एक जना भीरबाट लडेर गम्भीर घाइते भएका छन्। नगरपालिका–४ पिपलडाँडा बस्ने ३१ वर्षीय लक्ष्मण सुनार गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोही वडाकै शान्ति चौताराबाट टिनको पाता बोकेर आफ्नो घरतर्फ जादै गर्दा घर नजिकै बाटोबाट २० मिटर तल खसेका थिए।

बाटोबाट खस्दा सुनारको नाक मुखमा चोट लागेको छ। प्रहरीले सुनारको उद्धार गरेर जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचार पश्चात थप उपचारको लागि बाँकेमा रहेको कोहोलपुर मेडिकल कलेजमा रिफर गरिएको छ।

तपाईको प्रतिक्रिया