
सुर्खेत । जिल्लाको बराहताल गाउँपालिकाबाट फरार रहेका ठगबहादुर विश्वकर्मा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले बराहताल गाउँपालिका–७ घर भएका ठगबहादुरलाई उनकै घरबाट पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत सुर्खेतको लगत नं ३१९२ पुन चलन मुद्दामा दश हजार रुपैयाँ जरिवाना तोकिएको छ।
६८ वर्षीय ठगबहादुरलाई पक्राउ गरि प्रहरीले फैसला कार्यवन्यनको लागि जिल्ला अदालत सुर्खेतमा बुझाएको जनाएको छ।

नेपालीरैबार । २०७९ फाल्गुन २६, शुक्रबार