वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा शव फेला

सुर्खेत । सुर्खेतमा एक युवा घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा मंगलबार पहिचान खुल्न नसकेका युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार उक्त शवको पहिचान खुल्न सकेको छैन । घटनाका बारेमा अनुसन्धान भई रहेका शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया