एमालेको मिसन ग्रासरूट : चौकुनेको कुमाला र तोस्रामा अभिमुखीकरण

सुर्खेत । नेकपा एमालेले थालेको पार्टी सुद्धिकरण तथा विस्तार अभियान (मिसन ग्रासरुट)अन्तरर्गत चौकुने गाउँपालिकाको कुमाला र तोस्रामा अभिमुखीकरण गरिएको छ। चैकुने गाउँपालिका–१० मा पर्ने कुमाला गाउँमा, चौकुने–५ तोस्रामा र चौकुने–७ को सान्नेघारीमा सोमबार र मंगलबार अभिमुखीकरण गरिएको हो।

उक्त अभिमुखीकरण कार्यक्रममा मिसन ग्रासरुटका केन्द्रीय प्रतिनिधि एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले नेता–कार्यकर्तालाई अभिमुखीकरण दिएका थिए।

अभिमुखीकरणको क्रममा प्रदेश अध्यक्ष शाहले निर्वाचनको नतिजा आएसँगै पार्टीलाई चयालमान राख्नका लागि तल्लो स्तरका पार्टी कमिटीसँगै जनतासँग छलफल गरि नयाँ योजनाका साथ पार्टीलाई कसरि अगाडी लैजाने भन्ने विषयमा पोक्त हुनका लागि अभियानको थालनी गरिएको बताए।

उनले भने, ‘यो अभियान जनता माझ पुगेर सिक्ने र सिकाउने काम भएको छ। सामान्य कुराहरु जस्तै बैठक पुस्तिका कसरी लेख्ने, कमिटी आफैमा कसरी दक्ष हुने, पार्टी सम्बन्धि निती, नियम, नियमावली र विद्यान जानेको हुनुपर्ने जस्ता कुरा प्रशिक्षणमा उठाईएको छ।’

यस्तै, अध्यक्ष शाहले जहाँ नेपाली त्यहाँ एमाले रहेको दाबी गरे। उनले भने, ‘एमाले पार्टीप्रति जनलहर छाएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हरेक घर–घरमा मात्रै नभई स्वदेश तथा विदेश अर्थात जहाँ नेपाली त्यहाँ एमाले छन्।’

यस्तै, उक्त अभिमुखीकरण कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य देविराम भुसाल, ताराकेशर गौतम, चौकुने पालिका कमिटी अध्यक्ष हरिप्रसाद अधिकारीको उपस्थिति रहेको थियो।

पालिका कमिटी अध्यक्ष अधिकारीका अनुसार कुमाला र तोस्रोमा अखिल नेपाल महिला संगठन र राष्ट्रिय युवा संघ नेपालको कमिटी गठन समेत गरिएको छ।

तपाईको प्रतिक्रिया