आगलागी हुँदा एक भैंसी र तीन बाख्रा जलेर नष्ट

दैलेख । जिल्लाको नैमुलेमा खरले छाएको भैंसी गोठमा आगलागी हुँदा एक भैंसी र तीन बाख्रा जलेर नष्ट भएका छन्। बिहीबार बिहान करिब २ बजेको समयमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नौमुले गाउँपालिका–४ भरभरेका रत्नबहादुर बस्नेतको खरले छाएको एक तले गोठमा आगलागी भएको हो।

प्रहरीका अनुसार बस्नेतको एउटा भैंसी, तीन बाख्रा जलेर नष्ट भएका छन्।

यस्तै, तीन वटा भैंसी सक्त घाइते भएको प्रहरीले जनाएको छ। साथै अन्य मानविय क्षति केहि नभएको र आगलागीको कारण नखुलेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया