यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौँ । नेपाल सिधै विश्वकप क्रिकेट प्रतियोगिताको छनोटमा पुगेको छ। नेपालले यूएईलाई ४ विकेटले हराउँदै विश्वकप छनोट यात्रा तय गरेको हो।

बिहीबार त्रिवि क्रिकेट मैदनमा भएको खेलमा डीएल मेथोडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो।

नेपालले ४४ ओभर खेलिसक्दा नेपालले २६९ रन बनाएको अवस्थामा नतिजाको छिनोफानो डीएल मेथोडबाट गरिएको हो।

तपाईको प्रतिक्रिया