सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले सुर्खेत पश्चिमा सामुदायीक विद्यालयको अनुगमन गरेका छन्। मन्त्री शाहले पश्चिम सुर्खेतको चौकुने गाउँपालिमा रहेका केही सामुदायीक विद्यालयहरुको अनुगमन गरेका हुन्।
शाहले चौकुने गाउँपालिका–१० मा कुमाला गाउँमा हरेको देवस्थान माध्यमिक विद्यालय, चौकुने–७ ज्युनारी तालमा रहेको मालिका आधारभुत विद्यालय र ७ नम्बर वडा सान्नेघारीमा रहेको शिद्धेश्वरी माविको अनुगनम गरेका हुन्।
अनुगमनका क्रममा मन्त्री शाहलाई देवस्थान माविका प्रधानाध्यपक नवराज भण्डारी र मालिका आधारभुत विद्यालयका प्रधानाध्यापक रामप्रसाद खनालले विद्यालयमा थप भवन र घेरबारको आवश्यक परेकोले बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका थिए। प्रधानाध्यापकहरुको कुरा सुनिसकेपछि मन्त्री शाहले आफ्नो तर्फबाट सक्नेजति सहयोग गर्न तयार गरेको बताए।
यस्तै, मन्त्री शाहले चौकुने–७ सान्नेघारीमा रहेको शिद्धेश्वरी माविमा बनिरहेको आवसिय कार्यक्रम सहितको भवनको अनुगमन गरेका थिए।
शिद्धेश्वरी माविका प्रधानाध्यापक रतनसिंह थापाले कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट विद्यालयमा ४÷४ कोठाका दुई वटा भवन भनिरहेका जानकरीले दिए।
उनका अनुसार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० मा बजेट विनियोजन गरेको थियो। उक्त भवन निर्माणको हालसम्मको काम २० प्रतिशत सकिएको छ।
यस्तै, उक्त भवन निर्माणको काम असार मसान्तसम्ममा सक्ने लक्ष्य राखिएको छ।
नेपालीरैबार । २०७९ चैत्र ३, शुक्रबार