टोकियोमा खेमराज ओझाको पहिलो उपन्यास अपराजित विमोचन

सुर्खेत । जापानको राजधानी टोकियोमा एक कार्यक्रमा उपन्यास अपराजितको विमोचन गरिएको छ। कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाही तथा कृतीका लेखक खेमराज ओझाले संयुक्त रुपमा उपन्यासको विमोचना गरेका हुन्।

एकदशक देखि जापानलाई कर्मभूमी बनायका ओझा पत्रकार पनि हुन्। उनको अपराजित प्रकाशित पहिलो उपन्यास हो।

जापान जस्तो ब्यस्त सहरमा रहेर पनि लेखन कार्यलाई निरन्तरता दिई उपन्यास प्रकाशन गरेकोमा बधाई तथा शुभकामना दिँदै कार्यक्रमका प्रमुख अतिथि कृष्ण शाहीले नेपाली युवाहरुको विदेशिनु वाध्यता र विदेशमा खान पर्ने हन्डर ठक्कर तथा हेपुवा चेपुवालाई सरल भाषामा दु:ख सु:ख र प्रेमलाई कलात्मक रुममा प्रस्तुत गरिएकोले पाठकहरुले मन पराउने विश्वास राखे।

लेखक ओझा पश्चिम नेपालको डोटी जिल्लामा जन्मेका हुन्। उनि विगत १० बर्ष देखि जापानमा रहदै आएका छन्। उनका अन्य अप्रकाशित उपन्यास र केही गीतहरु पनि रहेका छन्।

तपाईको प्रतिक्रिया