सुर्खेतका लागि उड्को बुद्ध एयरको जहाज काठमाडौँमै अवतरण

सुर्खेत । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौामा अवतरण गरिएको छ। शनिबार बिहान बुद्ध एयरको यु४१३३ जहाजमा समस्या देखिएपछि काठमाडौंबाट सुर्खेतका लागि उडेको एयरमा समस्या देखिएपछि विरगन्जबाट मोडेर काठमाडौँको अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरिएको हो।

काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा धावन मार्ग छाड्ने बेला उड्न नसकेकोले पार्किङ गरिएको थियो।

उक्त जहाजमा यात्रा गरिहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले फेसबुकमा स्टाटस लेख्दै आकाशकम उडिरहेको जहाजमा समस्या भएपछि पुन काठमाडौँ मै ल्यान्डिङ्ग गरिएको बताएका छन्।

पत्रकार शर्माले अगाडि नै समस्या देखिए पछि राम्रोसँग चेकजाँच गरेर मात्रै उडाउनुनी । जहाज जस्तो संबेदनसिल यात्रामा कम्जोर ब्यवस्थापन राम्रो होइन भन्दै प्रश्न गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्। ‘शुरुमा धावनमार्ग छोड्न लाग्दा रोकेर पार्किङमा राखियो। अनि ठिक छ भनेर पुन उडाइयो आकाशमा उडिरहेको जहाजमा फ़ेरि समस्या आयो अब ल्यान्डिङ्ग हुँदैछ नआत्तिनु होला भन्ने सूचना आयो। जिन्दगीको पनि कहाँ के भन्ने केहो पत्तो छैन। सरकार?’

यस्तै, पत्रकार शर्माले नेपाली आकाशमा सुरक्षित रूपमा हवाई यात्रा गर्न नागरिकलाई ढुक्कको बाताबरण बनाउन आवस्यक रहेको र बिग्रेको जहाज थाहा हुँदाहुँदै किन उडाउनु? यस्तो गर्नेलाई कारबाही हुनुपर्ने होइन र? भन्दै प्रश्न गरेका छन्।

साथै उनले भने भने, ‘यस्तो अवस्था आउदा हवाईजहाजको यात्रा गर्न डर पो लाग्न थाल्यो। काठमाडौ अवतरण गर्छौ भनेको लामो समय सम्मै आकाशमा उडिरहदा सबैको मनमा डर पो लाग्यो।’

उनका अनुसार जहाजमा प्राविधिक समस्या भएको यात्रुलाई जनाईएको छ।

तपाईको प्रतिक्रिया