वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। अस्थायि प्रहरी बिट लाटिकोईलीबाट गस्तिमा खटिएका प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–९ बाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा लाटिकोईलि बस्ने २६ वर्षीय जीवनबहादुर केसी रहेका छन्।

उनलाई प्रहरीले संकास्पद तरिकाले बसिरहेको अवस्थामा देखि शंका लागेर शरिर खानतलासि गर्दा उनको साथबाट लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ ९० मिलिग्राम फेला पारेको थियो।

साथै प्रहरीले उनको साथबाट एक थान मोबाइल, ६ हजार एक सय रुपैयाँ बरामद गरी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया