वीरेनद्रनगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री घाइते

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको छ। वीरेन्द्रनगर नगरपालिका–१० घुस्रा नजिक ठक्कर दिएको हो।

प्रहरीका अनुसार घुस्राबाट बजारतर्फ आउदै गरेको भे ७ प १८७९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बिर्खबहादुर खड्कालाई ठक्कर दिएको हो।

मोटरसाइकललेको ठक्करबाट खड्का घाइते भएका छन्। उनले कर्णाली पर्देश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भईरहेको प्रहरीको भनाई रहेको छ।

उनको टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया