तलब खुवाउन नसकिने भन्दै लेखबेशीले हटायो करारका शिक्षक

सुर्खेत । सुर्खेतको लेकबे‌ंशी नगरपालिकाले करारमा कार्यरत शिक्षकहरुलाई हटाउने निणर्य गरेको छ। शुक्रबार एक सुचना जारी गर्दै नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत स्वयम् सेवक तथा पिसिएफ करार शिक्षकलाई हटाउने निर्णय गरेको हो।

नगरपालिकाले उक्त शिक्षकहरुलाई चैत १ गतेबाट कामकाज नगर्न नगराउन निर्देशन समेत दिएको छ।

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा यस नगरपालिकाले शिक्षक विद्यार्थी अनुपातका आधारमा दरबन्दी संख्या कम भई स्वयं सेवक र पिसिएफ प्रावि, निमावि, मावि र उमाविहरुमा करार शिक्षक व्यवस्था गरी शिक्षण शिकाई क्रियाकलापलाई सहजीकरण गर्दै आएको थियो।

हाल नगरपालिकाको आन्तरिक स्रोतबाट उठ्ने राजश्व रकम अत्यन्त न्युन भएको भएको र संघिय वित्तीय समानीकरण अनुदानबाट तलब भत्तामा गरिएको खर्च लागति बेरुजु देखिन आएकाले शिक्षक हटाउने निर्णय गरेको हो।

नगरपालिकाले स्वयमसेवक र पि।सि।एफ करार शिक्षक कार्यरत सामुदायिक विद्यालयलाई नगरपालिकाको अनुदानमा रहेका स्वयम् सेवक र पिसिएफ करार शिक्षकलाई म्याद थप गरी कामकाजमा लगाउन नसकिने भएकाले चैत १ गतेदेखि लागु हुने गरि कामकाज नगर्न नगराउनु हुन भन्दै पत्रचार गरेको छ।

तपाईको प्रतिक्रिया