सुर्खेत बहुमुखी क्याम्पसमा मतगणना ९ बजेदेखि हुने

सुर्खेत । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्यायम्पसमा मतगणना ९ बजेदेखि सुरु हुने भएको छ। आइतबार साँझ मतगणना हुने भनिएको उक्त क्याम्पसमा सोमबार ९ बजेदेखि हुने भएको हो।

क्याम्पसका निर्वाचन अधिकृत ओमप्रकाश न्यौपाने सम्पर्कविहीन भएपछि स्ववियु निर्वाचनको मतगणना अन्योलमा परेको थियो।

निर्वाचन अधिकृत ओमप्रकाश न्यौपानेले विद्यार्थीसँग बसेर आचारसंहिता बनाउन बाँकी रहेको र मतगणना स्थलमा तारजालिको व्यवस्थापन गर्ने बाकी रहेको बताए।

उनले भने, ‘अस्ति विद्यार्थीसँग बसेर आचारसंहिता निर्माण गर्दा मतदानको भोलि पल्ट मतगणना गर्ने थियो। निर्वाचन अधिकृतले आचारसंहिता पालना गर्ने क्रममा फोन दिनभर अफ गरेको थिए। म क्याम्पसबाट आफ्नो कोठामा पुग्दा ढिलो भएको थियो। त्यहि समयमा विद्यार्थीहरुले मतगणना हुनुपर्छ भनेर केही समय आएर नारा जुलुस गरेछन्।’

मतगणना क्याम्पसको मैत्री भवनमा हुने छ। यस क्याम्पसमा १ हजार ६८१ मत खसेको छ।

तपाईको प्रतिक्रिया