महाराजगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको विरासत कायम : इन्चार्ज प्रेमिका शाही

काठमाडाैँ । महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुले आफ्नो विरासत कायम राख्न सफल भएको छ। चैत ५ गते भएको निर्वाचनमा अनेरास्ववियुले आफ्नो विरासतलाई जोगाएको हो।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु)बाट महाराजगन्ज नर्सिङ क्याम्पसमा निर्वाचनको लागि स्ववियु इन्चार्ज खटिएकी प्रेमिका राज्यलक्ष्मी शाहीले यस पट्कको निर्वाचनमा आफ्नो विरासतलाई ढल्न नदिएकोे जानकारी दिइन्।

उनले भनिन, ‘हाम्रो विद्यार्थी संगठन अनेरास्ववियुले विगतका दिनमा पनि यस क्याम्पसमा स्ववियु चुनाव जित्दै आएको थियो। त्यो विरासत यसपट्को निर्वाचनमा पनि कायम राख्न सफल भएका छौँ।’

साथै अनेरास्ववियुकी स्थायी कमिटि सदस्य समेत रहेकी इन्चार्ज शाहीले महाराजगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको बताइन्।

इन्चार्ज शाहीका अनुसार झण्डै दोब्बर मतान्तरले सभापतिमा नोविना बस्नेत विजयी भएकी छन्। नोविनाले २१७ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेविसंघकी उम्मेदवार धनुष विश्वकर्माले १३३ मत ल्याइन्।

यस्तै, सचिवमा सजिना पन्थ, कोषाध्यक्षमा आयष्मा राय विजयी भइन्।

यसैगरी, सदस्यहरुमा कन्चन सापकोटा, सीमा केसी, विन्जना केसी मन्जुशा न्यौपाने र अविषा कार्की विजयी भए। महाराजगन्ज नर्सिङ क्याम्पसमा ३५१ मत खसेकामा १ मत बदर भएको थियो।

यस्तै, यस नर्सिङ क्याम्पसमा अनेरास्ववियुले नर्सिङ क्षेत्र सुधार गर्ने, नर्सिङ्ग क्षेत्रमा देखिने विकृतिहरुलाई र नर्सहरुको विदेशीने क्रममा रोक्नलाई पहल गरिने इन्चार्ज शाहीको भनाई रहेको छ।

साथै अनेरास्ववियुले पुस्तकालयको समग्र व्यवस्थापन गर्ने पहल गर्ने, छात्रावासको समावेशी विकास तथा व्यवस्थापन, बार्षिक क्यालेन्डरमा कम्तिमा २ वटा परीक्षा समावेश गर्नको लागि पहल गर्ने,
एमएन, बीएनएस, र बीएससी नर्सिङ्ग को पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरसँग मिल्ने गरि परिमार्जन गर्न पहल गर्ने, क्यान्टिनको खाजालाई गुणस्तरिय बनाउन, मूल्य समायोजन गर्ने र बस्ने ठाउँ विस्तार गर्न पहल गर्ने, फिट्नेस रुमको व्यवस्थापन लगायतका विषयमा पहल गर्ने योजना बनाएको छ।

तपाईको प्रतिक्रिया