नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

काठमाडाैं |  नेपालको १२औँ राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ। आज काठमाडौंमा १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको हो।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ छन् ।

नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या करिब ६ लाख ५० हजार बढी छ । यसपटक बागमती र मधेस प्रदेशमा करिब २१ प्रतिशत जनसंख्याको बसोबास छ । कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको १२औँ राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ ।

यसअघि २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्या पुगेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । अहिले २७ हजार ९ सय २ कम रहेकाे तथ्या‌ंक सार्वजनिक भएकाे हो ।

तपाईको प्रतिक्रिया