दुई महिनापछि कर्णाली प्रदेश सभाकाे बैठक बस्दै

सुर्खेत । दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक बस्ने भएको छ । चैत्र १२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए ।


सरकारले बैठक आह्वानका लागि आइतबार प्रदेशसभालाई जानकारी गराएको थियो । अहिलेलाई एजेन्डाबिना नै बैठक आह्वान गरिएको छ । कुन विषयमा छलफल गर्ने भन्ने विषय सोही दिन १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय गर्नेछ ।

यसअघि पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयन गरेको थियो । यस्तै, माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले संसद्‌बाट विश्वासको मत लिएका थिए ।

तपाईको प्रतिक्रिया