साग्रीला बैंकद्धारा वित्तीय साक्षरता कक्षा संचालन

सुर्खेत । साग्रीला डेभलपमेन्ट बैंक लि सुर्खेतले बालबालिका तथा युवाहरुलाई वित्तीय साक्षरता सम्बन्धि कक्षा संचालन गरेको छ। इलाइट उच्च माध्यामिक विद्यालय सुर्खेतमा अध्यनरत विद्यार्थी र शिक्षकहरुलाई वित्तीय साक्षरता सम्बन्धि कक्षा संचालन गरियको हो।

नेपाल राष्ट्र बैकको समन्वयमा “प्लान योर मनी प्लान योर फियुचर” भन्ने नाराका साथ विश्व पैसा सप्ताहको अवसरमा बैंकले चैत्र ६ गते देखि १२ गते सम्म विभिन्न कार्यक्रम संचालन गर्दै आएको शाखा प्रवन्धक जिवनकुमार डिसीले बताए।

सप्ताहको अवसरमा इलाइटमा अध्यनरत विद्यार्थी र शिक्षकहरुलाई बैंक भनेको के हो, बैंङ्कमा कारोबार गर्दा हुने फाइदाहरू, वित्तीय साक्षरता के हो, वचत , ऋण, लगानी, विप्रेषण, बीमा आदिका बारेमा जानकारी दिइएको प्रवन्धक डिसीले बताए।

भविश्यको आर्थिक योजना बनाउने र सही तरिकाले खर्च गर्ने वा वित्तीय संस्थाहरुमा पनि आफ्ना सेवाहरु घटाउन सकिने घरायसी केही खर्च भए घटाउने आदी कार्यक्रमा सहभागीहरुलाई जानकारी गराइएको थियो।

सांग्रिला डेभलपमेन्ट बैंक लि.ले राष्टि«य स्तरको विकास बैंक हो यसले सुर्खेत लगाएत देशभर १ सय १२ शाखा कार्यालय र ३० वटा एटिएम मार्फत आफ्नो सरलरुपले सेवा संचालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया