तारेभीरमा टिप्परले च्यापिएर चालककाे मृत्यु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ को तारेभीर नजिकै टिप्परले च्यापिएर एक जनाको मृत्यु भएको छ । बाँगेशीमलदेखि ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गरेको टिप्पर पल्टीदा चालकको मृत्यु भएको हो ।

भे १ ख २२०५ नम्बरको टिप्पर सडक किनारामा पल्टीदा वीरेन्द्रनगर–२ टेम्पोपार्क बस्ने चालक ३२ वर्षीय उमेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ढुंगा झार्ने क्रममा टिप्पर अनियन्त्रित हुँदा चालक उमेश च्पापिएको प्रहरीको भनाई छ ।

आइतबार विहान करिव ११ बजेतिर घटना भएको र चालक च्यापिएको अवस्थामा छन् । शव निकाल्न क्रेन घटनास्थलमा पुगेपनि टिप्पर उठान नसकिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्ने र च्यापिएका चालकलाई निकाल्न प्रहरी चाैकी बाँगेशीमलबाट प्रहरीकाे टाेली घटनास्थलमा पुगेकाे छ ।

तपाईको प्रतिक्रिया