पशुपतिदेखि पञ्चकोशीसम्मकाे यात्रा कसरी भयाे आरम्भ ?

सुर्खेत । दैलेखकाे पवित्र तीर्थस्थल पञ्चकोशी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पशुपतिदेखि पच्चकाेशीसम्मकाे यात्रा आरम्भ गरिएकाे छ । धार्मीक तथा ऐतिहासिक रुपले महत्व बोकेको दैलेख जिल्लामा अवस्थित पञ्चकोशी तिर्थ स्थललाई संघीय राजधानीसँग कसरी जोड्न सकिन्छ भनेर पशुपतीदेखि पञ्चकोशीसम्म यात्रा शुरु गरिएकाे हाे ।

मनघरी फाउण्डेशनको आयोजना र दैलेखी सेवा समाज काठमाण्डौ, दुल्लु नगरपालिका, भैरवी गाँउपालीका, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको सहकार्य याे यात्राकाे थालनी गरिएकाे छ । यसकाे अगुवाइ दैलेख जिल्लाका सबै प्रदेश सभा तथा प्रतिनिधि सभाका सांसदहरुले पशुपतिदेखि पञ्चकोशीसम्मको यात्राकाे शुरुवात गरेका छन् ।

पञ्चकोशी क्षेत्र नाथ परम्पराको केन्द्र हो भएको बताउँदै यसको महत्वबारेमा जानकारी दिन यो अभियान सुरु गरिएको कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले जानकारी दिए । ‘उदाहरणका लागि वागेश्वरीको महन्थ, पशुपतिनाथ मन्दिर परिसरमा रहेको योगी नरहरीनाथको गोरक्ष पीठको महन्थ, स्वर्गदारी महाप्रभुले तपस्या गरेको स्वर्गदारी क्षेत्रको महन्थ दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. १० गमौडीका भएको र नाथ परम्परा अन्र्तगत पादुकाको गुरु गोरखनाथको मुर्ति छ । उनिहरुले मुख्य रुपमा मान्ने भनेको गुरु गोरखनाथको पुजा गर्ने गर्छन । नाथ सम्प्रदायको व्यक्तिहरुको महन्थ हुने परम्परा रहेको छ,’ सांसद भण्डारीले भने ।

पञ्चकोशी क्षेत्रका पादुका, श्रीस्थान र नाभिस्थानमा महन्थ नाथ हुने प्रचलन कायम छ भने तल्लो डुंगेश्वरमा गिरी र धुलेश्वरमा वन महन्थ हुने प्रचलन रहि आएको छ । काठमाडौंमा कुमारी पुजा भएजस्तै पञ्चकोशी क्षेत्रमा देउकेटा (कुमार) पुजा गर्ने चलन छ । काठमाडौंमा रातो र सेतो मच्छिन्द्रनाथको रथ यात्रा हुन्छ भने यहाँ मालिकाको रथ यात्रा (श्रीस्थान देखि मालिका सम्म) हुने गर्दछ ।

उनका अनुसार पश्चिमाहरुले पाँच हजार वर्ष पुरानो भनेर स्वीकार गरेको पुराणमा ३३६ ओटा श्लोकहरु नै वैश्वानर क्षेत्रको महिमामा उल्लेख गरिएको छ । ज्वाला पुराण र स्कन्ध पुराणमा उल्लेख गरिएको छ । यो क्षेत्र हिन्दु धर्मावलम्विका लागि जस्तै त्यत्तिकै महत्वपूर्ण बौद्ध धर्मावलम्वीहरुका लागि रहेको छ । लुम्विनिको अशोक स्तम्भमा समेत उल्लेख भएको पादुकाको साउना कार्की साउना कर्केनीको अभिलेख, यो अभिलेख ढुंगामा कुँदिएको सर्वप्राचिन शिलालेख भएको सांसद भण्डारीले जानकारी दिए ।

यो भन्दा पुरानो ढुंगामा कुंदिएको पुरानो मुर्ति संसारमा कुनै पनि नभएको उनको भनाई थियो । १०३८ को नेपाली भाषामा लेखिको दामुपालको अभिलेख जो नेपाली भाषाको पहिलो अभिलेख हो । कृर्तिस्तम्भ १४४४, पाथरनाउली १२७९, कालिका मन्दिर र वालेश्वर मन्दिरको अभिलेखमा समेत ओम मणि पद्येयम् लेृखिएका ले स्वयंम्भु, लुम्विनि, काँक्रेविहार, पञ्चकोशी हुँदै मानसरोवर जाने सर्किटलाई नेपाल सरकार संस्कति मन्त्रालय र लुम्विनि विकास कोषले तयार गरेको वुद्ध सर्किट अफ नेपालमा ओम मनि मद्यमेयम मार्गको रुपमा समावेश गरेको छ ।

‘विभिन्न जातजातीको उद्गगम स्थल समेत भएको यस क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकृर्षित गर्ने उदेश्यले पशुपति देखि पञ्चकोशी सम्मको यात्रा चैत पाँच गते देखि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र दैलेख जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभाबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुको उपस्थितिमा सुरु भएको अभियान देवघाट, लुम्विनि, तिलौराकोट, वागेश्वरी, काँक्रेविहार, देउतीवज्यै हुँदै पञ्चकोशी क्षेत्रको भ्रमण गरेर पहिलो चरणको याात्रा सम्पन्न गरिएको हो,’ उनले भने ।

यो यात्राको प्रमुख उदेश्य भनेको पञ्चकोशी क्षेत्रको प्रचार प्रसार गर्ने नै रहेको उनको भनाई थियो । उनले कुमाउ, गढवाल अल्मोडामा नागरिक चैत महिनाको अन्तिम दिन पादुका र स्वामी कात्तिकेमा चालीस दिन सम्म पैदल हिडेर आउने गरेको बताउँदै ती क्षेत्रका नागरिक र यस क्षेत्रका नागरिकको माँगल एउटै रहेको उनको भनाई थियो ।

यात्राका परिकल्पनाकार एवम् नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका पर्यटनदुत भरतबन्धु थापाले कर्णाली प्रदेश धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय हिसावले निकै महत्वपूर्ण क्षेत्र रहेको बताए । पर्यटकीय क्षेत्रको पहिचान स्थापित गर्न विगतमा पनि मनघरि फाउन्डेसनले संघीय राजधानी काठमाडौंदेखि दाङ, जाजरकोट, रुकुम, सल्यान हुँदै डोल्पाको फोक्सुण्डोसम्म यात्रा आयोजना गरेको स्मरण समेत गराए । यात्रा पश्चात संघीय राजधानी काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यात्राका दौरान कैद गरिएका तस्वीर र भिडियो प्रदर्शनी गरिने आयोजक मनघरी फाउण्डेशनले जनाएको छ ।

तपाईको प्रतिक्रिया