वीरेन्द्रनगरमा दिनहु दुर्घटना बढे, व्यस्त चाेकमा आकाशे पुल निर्माण गरौं : सांसद भण्डारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र सवारी चापले सवारी दुर्घटना बढेकाले दुर्घटना न्यूनिकरण गर्नमा गम्भीर बन्न कर्णाली प्रदेश सभामा सांसदहरुले ध्यानाकषर्ण गराएका छन् । प्रदेश सभाको बैठकमा बोल्दै सांसद घनश्याम भण्डारीले फोरलेन सडकमा दिनहु सवारी दुर्घटना भइरहेको र ट्राफिक सचेतनासँगै दुर्घटना न्यूनिकरण गर्नमा सरकार गम्भीर बन्नु पर्ने बताएका हुन् ।

‘प्रदेशका विभिन्न भू–भागबाट वीरेन्द्रनगर झरेका नागरिकहरुमा ट्राफिक सचेतना अभावका कारण फोरलेन सडकको धुलियाविट–बाँगेशीमल खण्डमा दुर्घटना बढिरहेका छन्,’ भण्डारीले भने, ‘फोरलेनका व्यस्त चोकहरुमा आकाशे पुल अत्यावश्यक भएकाले निर्माणतर्फ प्रदेश सरकार गम्भीर बन्न ध्यानाकर्षण गराउदछु ।’

सांसद भण्डारीले शनिवार परेका पानीका कारण कर्णाली राजमार्ग र दैलेख सडक खण्ड धराप थापेको अवस्थामा रहेकाले व्यवस्थापनमा गम्भीर बन्न आवश्यक रहेको बताए । सडकहरु केन्द्रीय राजमार्गका हुन जिम्मेवारी पनि उसैको हो भनेर धरापका सडकहरु व्यवस्थापन नगरेर नागरिकहरुको मृत्युहुँदा शोक व्यक्तव्य निकाल्ने काममा प्रदेश सरकार लाग्न नहुने भनाई राखे ।

https://www.facebook.com/su.kkb/posts/pfbid0TiGYWrNV62vbC3Gym3r23TobbqauDLKYZYWAJtVHWMtMcQFPqzv7xnDdkYmh41Fwl

तपाईको प्रतिक्रिया