१२ क्वीन्टल चिनीसहित एक लाख ५० हजार मूल्यका अवैध खाद्य सामग्री नियन्त्रण

सुर्खेत । सुर्खेत प्रहरीले दुई दिनकाे अवधीमा १२ क्वीन्टल चिनीसहित एक लाख ५० हजार मूल्य बराबरका अवैध खाद्य सामग्री नियन्त्रणमा लिएकाे छ । रत्न राजमार्गकाे छिन्चु बबई सडक खण्डमा चेक जाँचका क्रममा ति अवैध सामग्रीहरु प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

भेरीगंगा नगरपालिका-१० तोलिखोला चेक पोष्टमा खटिएका प्रहरी टोलीले नेपालगन्जदेखी सुर्खेततर्फ आउदै गरेका विभिन्न गाडीहरु चेकजाँच गर्ने क्रममा बिल नभएका कपडा, चिनि, दाल, दालमोठ, डिउ, सिसाकलम, जुस लगायतका सामग्री नियन्त्रणमा लिएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

ति सामग्रीकाे बजार मूल्य करिब एक लाख ५० हजार रहेकाे प्रहरकाे भनाई छ । यस्तै बबई र छिच्नुबाट २८ बाेरा चिनी समेत प्रहरीले बरामद गरेकाे छ ।  बरामद गरिएका सामानहरु ईलाका प्रहरी कार्यालय, छिन्चुको नियन्त्रणमा राखेर थप अनुसन्धान शुरु गरेकाे कार्यालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया