निर्धन उत्थानको युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम

सुर्खेत । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी बिशेष कार्यक्रम गरेको छ। संस्थाको वीरेन्द्रनगर शाखाको आयोजनामा चैत्र ११ गते वीरेन्द्रनगर–९ तिलपुर सुर्खेतमा युवा लक्षित कार्यक्रम गरेको हो।

उक्त कार्यक्रममा युवा, युवती गरि कुल ६६ जनाको सहभागिता रहेको थियो। कार्यक्रमका अधिकृत निरज आचार्यले सहभागीहरुबीच वित्तीय साक्षरता तालिमको उद्देश्य र महत्व, वित्तीय लक्ष्य निर्धारण र समुदायको वर्तमान अवस्थाको विश्लेषण बारे आफ्नो प्रस्तुतिकरण राखेका थिए।

साथै निर्धन उत्थान लघुवित्त वित्तीयसंस्था लिमिटेडले उपलब्ध गराउने सेवा सुविधाहरु, बचतको परिचय÷महत्व, वचतको योजना, वचतगर्ने तरिकाहरु, बचत कसरी गर्ने र के का लागि गर्ने, बचतका कुराहरु, ऋण लिने कारणहरु, संस्थाले ऋण लगानीगर्दा र सदस्यहरुले कर्जा लिदाध्यानदिनुपर्ने कुराहरु, ऋण लिंदा ध्यानदिनु पर्ने कुराहरु, समयमा ऋण तिर्न नसक्नुका कारणहरु, ब्यावसायिक योजनाको तयारी, सफलतापूर्वक ऋण ब्यवस्थापनका उपायहरुका बारेमा चर्चा गरिएको थियो।

यस्तै, कृष्णबहादुर चौधरीले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले अनवरत रुपमा ग्रामीण क्षेत्रका महिलाहरुका लागि बिनाधितो सामुहिक जमानीमा कर्जा, बचत, बिमा, विप्रेषण सेवाको माध्यमले स्वरोज गारीको श्रृजना गर्दै आएको बताए। उक्त कार्यक्रमका सभापति पुष्पा चौधरीले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमले बचतका कुराहरु, ऋण लिदा ध्यान दिनुपर्ने कुराहरु, ब्यावसायिक योजनाको तयारी, सफलतापूर्वक ऋण ब्यवस्थापन, वित्तीय सेवा प्रदायकहरु छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरु, बीमाको महत्व जस्ता विषयमा धेरै जानकारी प्राप्त भएको र यी कुरालाई व्यवहारमा उर्तानुपर्ने बताईन्।

यस्तै, पुष्पा चौधरीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रमको मुख्य अतिथि समाज सेवी कृष्णबहादुर चौधरी र प्रमुख अतिथि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्री यकार्यालय, वीरेन्द्रनगरका क्षेत्रीय प्रबन्धकपुर्णबहादुर खड्का रहेका थिए। कार्यक्रमको सञ्चालन कमल भुसाल र सहजिकरण डम्मरबहादुर शाहीले गरेका थिए।

तपाईको प्रतिक्रिया