राष्ट्रिय युवासंघ नेपाल सुर्खेतको अध्यक्षमा बासुदेव आचार्य

सुर्खेत । राष्ट्रिय युवासंघ नेपाल सुर्खेतको अध्यक्षमा बासुदेव आचार्य सर्वसम्मत चयन भएका छन्। वीरेन्द्रनगरमा भएको युवासंघको आठौँ जिल्ला अधिवेशबाट अध्यक्षमा आचार्यलाई सर्वसम्मत चयन गरेको हो।

नेकपा एमाले निकट राष्ट्रिय युवासंघ नेपाल सुर्खेतको उपाध्यक्षमा विक्रम सुनार, सचिवमा धनिराम आचार्य, सह–सचिवमा भीमबहादुर बुढा, शंकर गुरूङ र कोषाध्यक्षमा शुमन बयक सर्वसम्मत चयन भएका छन्।

यस्तै, अधिवेशनले ६९ सदस्यीय युवासंघ गठन गरेको हो।

तपाईको प्रतिक्रिया