कालिकाेटमा भीरबार लडेर मृत्यु

कालिकोट । कालिकाेटमा भीरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । नरहरीनाथ गाउँपालिका-४ खाती रुप्सा बस्ने अन्दाजी ५६ वर्षीय दिलादेवि सहकारीकाे घास काट्न गएकाे बेला भीरबाट लडेर मृत्यु भएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

काफ्लेखोला भिरमा घाँस काट्ने क्रममा  सहकारी भीरबाट लडेर मृत्यु भएकाे हाे । घटनास्थलमा ईलाका प्रहरी कार्यालय कुमालगाउ कालिकोटबाट पाँद्ब जना र थप जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा पाँच जनाको प्रहरी टोली खटी गएको छ ।

तपाईको प्रतिक्रिया