चैत १६ गते कर्णालीमा सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले यहीँ चैत १६ गते सार्वजनिक विदा दिने भएकाे छ । चैत्र शुक्ल नवमी  (राम नवमी) मा प्रदेशभर लागू हुनेगरी सार्वजनिक विदा दिएकाे हाे ।

सरकारले गत वर्ष  चैत्र २९ गते भएको मन्त्रिपरिषदको निर्णय अनुसार चैत्र शुक्ल नवमीको अवसरमा प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया