
सल्यान । सल्यान जिल्लाको शारदा नगरपालिका–९ बस्ने २८ वर्षीय मोहन सेजुवाललाई प्रहरीले पक्राउ गरेको छ। सवारी ज्यान मुद्दाको फरार सेजुवाललाई जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिईएको ४ जनाको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनलाई शारदा नगरपालिका–२ खलंगा बजारमाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
सेजुवाललाई प्रकाउ गरि प्रहरीले जिल्ला अदालत सल्यानमा बुझाएको छ।

नेपालीरैबार । २०७९ चैत्र १५, बुधबार