भीरबाट लडेर सल्यानमा एक जनाकाे मृत्यु

सल्यान । भीरबाट लडेर सल्यानमा एक जनाकाे मृत्यु भएकाे छ । बागचौर नगरपालिका-३ सेताभिर स्थित भित्री कच्चि सडक खण्डको बाटोबाट लडेर कुमाख गाउपालिका-६ बडागाँउ बस्ने ७० वर्षीय पदमी परीयारकाे मृत्यु भएकाे हाे ।

स्थानियले महिलाकाे मृत्यु भएकाे खवर दिएपछि घटनास्थलमा प्रहरी पुगेकाे छ । ईलाका प्रहरी कार्यालय थामारेबाट प्रहरी निरीक्षकको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

बागचौर नगरपालिका-२ लष्टम  बस्ने छोरीकाे घरमा बस्दै आएकी परियार बेला बेलामा घर बाट आफुखुसि हिडने गरेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । उनी सडकबाट करिव ८० मिटर तल अर्काे सडक खसेकाे बताइएकाे छ । 

तपाईको प्रतिक्रिया