डियुटिमा खटिएका प्रहरी हवल्दार भेरी नदीमा खसेर बेपत्ता

सुर्खेत । हिमाली जिल्ला डोल्पामा डियुटिमा खटिएका प्रहरी हवल्दार भेरी नदीमा खसेर बेपत्ता भएका छन्। ईलाका प्रहरी कार्यालय काइगाउँमा कार्यारत दैलेख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय वरिष्ठ हवल्दार जोशिराम रेगामि बेपत्ता भएक हुन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मुड्केचुला गाउँपालिका– १ अन्तरगत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ करिब ६ बजेको समयमा बेपत्ता भएका हुन्।

उनको खोजिकार्य भइरहेको र बेपत्ता जोशी नियमित गस्तीका लागि खटिएको र खोजतलास गर्दा उनले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया