नेपाल निजामती कर्मचारी संगठनको बृहत् वनभोज तथा पुरस्कार विवरण कार्यक्रम

सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन सुर्खेतले बृहत् वनभोज तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ। शनिबार वीरेन्द्रनगरको बुलबुले उद्यानमा बृहत् वनभोज तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको हो।

उक्त आयोजनामा संगठनले यस वर्षको दशैमा भएको चिठ्ठामा चिठ्ठा पर्ने तीन जनालाई पुरस्कार वितरण समेत गरिएको छ। प्रत्येक वर्षमा संगठनलाई आर्थिक सहयोग जुटाउनका लागि तयार गरिएको उक्त चिठ्ठा कार्यक्रममा यो वर्ष १२० ठेलि चिठ्ठा काटिएका थिए। ती मध्ये सुर्खेतमा तीन वटा पुरस्कार परेको थियो।

उक्त पुरस्कार पाउनेमा ईन्द्रा कँडेल, आर्दया ढकाल र छविता पोखरेल रहेकी छन्। पहिलो र दोस्रो हुने ईन्द्रा कँडेल, आर्दय ढकाललाई एन्ड्रोइड मोबाइल फोन पुरस्कार स्वरुत वितरण गरिएको थियो। यस्तो तेस्रो पुरस्कारको रुपमा छविता पोखरेललाई करिब ६० हजार बराबरको वासिङ मेसिङ संगठनले दिएको छ।

यस्तै, पाएको दोस्रो पुरस्कारबाट आर्दया ढकाललेको आमाले पाँच हजार रुपैयाँ संगठनलाई सहयाेग  दिएकी छन्।

उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेलले संगठनका यस्ता कार्यक्रम र पुरस्कारले संगठनमा आवद्ध हुन नयाँ निजामति कर्मचारीहरुलाई पेरणा मिल्ने बताए। उनले भने, ‘तपाईंको क्षेत्रमा समस्या देखिएका तथा महसुस भएको कुरालाई समाधान गर्ने काममा पार्टी निरन्तर लागेको नै छ। अझै पनि सहकार्य गर्नका लागि समर्थन हुनेछ।’

यस्तै, संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले संगठनका गतिविधिमा सुर्खेत मात्रै नभई कर्णाँली प्रदेश र अन्य जिल्लाका संगठनले राम्रो गर्दै गएको यस्तै थप कार्यक्रम गर्न सुधmाव दिए। उनले संगठनले विभिन्न अभियान समेत चालेकोक बताए। उनले भने, ‘संगठन थप संगठन बनाउनका लागि मिसन पालिकामा लागेको छ। जसरी एमाले पार्टी मिसन ग्रासरुटमा लागेको छ। यती मात्रै हैन् देशभर रहेका ६८ वटा सहकारीलाई एकिकृत गर्दै राष्ट्रसेवक सहकारीलाई सबै भन्दा ठुलो बनाउने योजना बनाएका छौँ।’

साथै उनले निजामति सहकारीले देशभरमा चार अर्व बराबरको काम गरेको र त्यो रकम देश निर्माणमा प्रयोग गर्दै आएको र बाँकी दिनमा गर्दै जाने बताए।

उनले सबै निजामति कर्मचारीलाई सहकारीको सेयर सदस्य बन्न आग्रह समेत गरे। उनले भने, ‘यो सहकारीलाई देशकै ठूलो सहकारीको रुपमा विकास गरेर न्युनतम ८० लाखसम्म ऋण लिन पाउने व्यवस्था गराउँदैछौँ।’

अध्यक्ष कोइरालाले निजामतिमा नव प्रवेशिलाई परिक्षण अभाव रहेको बताउँदै १८ वटा विषयमा परक्षिणका लागि अभियानको थालनि गर्नुपर्ने बताए। उनले भने, हामीले यो अभियानको थालनि गर्ने छौँ। देशका ७५३ स्थानीय तहमा तालिम दिँदै छौँ। हाम्रो संगठनमा ४० हजार सदस्य रहेका छन्। ती सबैलाई दक्ष बनाउनका लागि जिल्ला–जिल्लामा परिक्षण चलाउनुपर्नेछ। संगठनको योजना तपाईहरुलाई राम्रो नेतृत्व र नेता बनाउने योजना छ।’

 कार्यवाहक अध्यक्ष उत्तमकुमार अधिकारीको अध्यक्षमा भएको कार्यक्रममा नेकपा एमाले निटक विभिन्न जनवर्गिय संगठनका पदाधिकारी तथा प्रतिनिधिको सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया