संकटमा राउटे समूदाय, जनसंख्या पनि घट्दै

सुर्खेत। राउटेको मूलप्रवाहिकरण गर्न भनेर बजेट छुट्याएको भए पनि पछिल्लो समय यो समुदाय भने संकटमा पर्न थालेको छ । राउटे समुदायमा समस्या बढ्दै गएपनि उनीहरुका पक्षमा सरकारी लगानी भने घटदै गएको छ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएको यो समुदायलाई सरकारी तथा गैर सरकारी संस्थाहरुले उत्थानका नाममा गरिएका सहयोगले राउटेहरुले आफ्नो मुल पेशा नै बिर्सन थालेका छन् । फरक खालको संस्कृति बोकेका राउटेहरु यिनै संस्थाका कारण अहिले आफ्नो अस्तित्व मास्ने मात्रै होइन परनिर्भरतामा धकेलिदै गएका छन् ।

यति मात्रै होइन राउटेहरुको प्रजनन् स्वास्थ्यमा समेत असर पर्दै जादा जनसंख्यासमेत घटेदै गएको छ । कानूनीरुपमा नागरिकता प्राप्त नगरेपनि राउटेहरुलाई दैलेखको गुराँस गाउँपालिकाले परिचय पत्र उपलब्ध गराएको छ । सरकारले मासिक सामाजिक सुरक्षा वापतको रकम उपलब्ध गराउदै आएको छ । तर त्यो रकम मदिरा तथा सुर्तिजन्य पदार्थमा खर्च गर्ने बानी राउटे समुदायमा बढ्दै गएको छ ।

पैसा छोयो भने पाप लाग्छ भन्ने राउटे समुदाय काठका सामाग्री बनाएर अन्नसँग साटेर जीविको पार्जन गर्थे । तर संरक्षित जंगलमा काठ काट्न नपाए पछि उनीहरुको पेशा संकटमा परेको छ । उनीहरुलाई प्रकृतिसँगै रम्न नदिएर सामाजीकरण गर्न थालियो । तर पछिल्लो समय उनीहरुले आफ्नो पम्परागत पेशा सकटमा परे पछि माग्ने र सरकारले दिने भत्ताले जीविकोपार्जन गर्दै आएका छन् ।

राउटे समुदायको परिवर्तनका लागि काम गरेका विभिन्न सङ्घसंस्थाले पनि उनीहरुलाई खाद्यनन्, पैसा सहयोग गर्दै आएका छन् । पहिले मदिरा नखाने राउटे मदिराको लतमा लागे । पैसा तथा अन्नपात माग्नका लागि गाउँ शहर पसे । उनीहरुले पैसा पाउन थालेपछि मदिरा खान थालेका छन् । जसले गर्दा आर्थिक प्रलोभनमा पर्दा उनीहरु असुरक्षित बन्दै जादा पछिल्लो समय कर्णाली प्रदेश सरकारले राउटे लक्षित बजेट घटाउदै गएको छ ।

२०७८ सालमा कर्णाली प्रदशको सामाजिक विकास मन्त्रालयले लोपोन्मुख राउटे समुदायको संरक्षण र सम्वद्र्धन गर्न भन्दै एकीकृत नीति ल्याउने योजना बनाएको थियो । तर यो अहिलेसम्म पनि योजना मै सीमित भएको छ । सामाजिक विकास मन्त्रालयको महिला तथा बालबालिका महाशाखा प्रमुख अनिता ज्ञवालीले नीतिको प्रारम्भिक मस्यौदा तयार पारिसकेको र विज्ञको सुझाव लिने काम भइरहेको बताईन् । सरकारले राउटे समुदायका हरेक व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वापत चार हजार रुपैया नगद दिनुको सट्टा उनीहरुलाई काठका भाडा बनाउन चाहिने सामग्री खरिद गरिदिनुपर्ने अधिकारकर्मी हिरासिंह थापाले बताए ।

तपाईको प्रतिक्रिया