कर्णाली, कोसी र गण्डकी प्रदेशका केही भागमा वर्षाको सम्भावना

काठमाडौं।  देशका केही भागमा आज वर्षा हुने भएको छ। कर्णाली, कोसी र गण्डकी प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

विभागले आज राति कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया