वीरेन्द्रनगर बजार भित्र सञ्चालित अटो तथा रिक्साको अनुगमन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका नगर भित्र सञ्चलानमा रहेका अटोको अनुगमन गरेको छ। मंगलबार अटो तथा रिक्सा व्यवस्थापन समितिले संचेतना मुलक अनुगमन गरेको हो।

वीरेन्द्रनगर बजार क्षेत्रमा सञ्चालनमा रहेका अटो तथा रिक्साहरुलाई शीघ्र दर्ता प्रक्रियामा ल्याउन समितिले यस अघी निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार उद्योग तथा नियमन शाखा प्रमुख टंकप्रकाश लामिछानेको संयोजकत्वमा अनुगमन भएको हो।

अनुगमनमा उद्योग शाखाका चक्रबहादुर थापा, जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ नायव निरीक्षक खेमविक्रम के।सी, जिल्ला प्रशासन कार्यलय सुर्खेतको स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाका दुर्गाप्रसाद आचार्य, यातायात व्यवस्थापन कार्यलय सुर्खेतका चित्र भट्टराई, अल्फा यातायात प्रा.लिका अध्यक्ष दिपक सारु, समाजसेवा यातायात प्रा.लिका अध्यक्ष धुर्व थापा लगायतको सहभागीतामा अनुगमन भएको हो।

तपाईको प्रतिक्रिया