यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले मेघगर्जनरचट्याङ, हावाहुरीबाट हुनसक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रवार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

शुक्रवार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिवार दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिवार राति कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

आइतवार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया