देशका केही भागमा आज वर्षाको सम्भावना

काठमाडौं। देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। कोसी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। अपराह्नपछि पश्चिम तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ।

कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। विभागका अनुसार बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

विभागले आज राति कोसी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको र तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसको जोखिमबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया