सुर्खेत । बिहान ७ बजेदेखि चितवन–२, तनुहँ १ र बारा २ मा मतदान भइरहेको छ । तीनवटै क्षेत्रका निर्वाचन अधिकृतका अनुसार मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । निर्वाचन अधिकृत वासुदेव न्यौपानेका अनुसार चितवनमा ११ बजेसम्म करिब २५ प्रतिशत मत खसेको छ ।
‘शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । उत्साह छ । कुनै पनि अप्रिय घटना भएको छैन,’ उनले भने । चितवनमा ४३ मतदानस्थलको ११८ मतदान केन्द्रबाट मतदान भइरहेको छ ।
बारा २ मा ११ बजेसम्म करिब १७ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारामा पनि मतदान शान्तिपूर्ण भइरहेको छ ।
‘राम्रोसँग मतदान भइरहेको छ । अहिलेसम्म १७ प्रतिशत मत खेसको छ,’ उनले भने । उनका अनुसार बारामा ८२ मतनस्थलको ११७ मतदान केन्द्रबाट मतदान भइरहेको छ ।
तनहुँ–१ मा ११ बजेसम्म करिब ३० प्रतिशत मतदान भएको छ । निर्वाचन अधिकृत कमलप्रसाद आआर्यका अनुसार तनहुँमा पनि मतदान शान्तिपूर्ण भइरहेको छ ।
नेपालीरैबार । २०८० बैशाख १०, आईतवार