तनहुँमा ४० प्रतिशत मत गनेर सकियाे, यस्ताे छ ताजा परिणाम

काठमाडाै‌ । तनहुँमा ४० प्रतिशत मतगणना सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार भोलिसम्म गणना सक्नेगरी मतगणना भइरहेको छ । ‘४० प्रतिशत मतगणना सम्पन्न भएको छ ।

भोलिसम्म नतिजा आइसक्छ,’ उनले भने । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।

उनले ११ हजार ८ सय ४५ मत पाएका छन् । कांग्रेसका गोविन्द भट्टराईले ७ हजार ५९ र एमालेका सर्वेन्द्र खनालले ४ हजार ३२ मत पाएका छन् । मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया