गुर्भाकोटमा रहेकाे एक तरकारी पसलबाट लागूऔषधसहित एक जना पक्राउ

सुर्खेत । जिल्लाको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाको एक तरकारी पसलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेहलकुना बस्ने बर्ष ३४ का चित्र बहादुर घर्ति रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ११ पुरिया सहित उनलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरी चौकी मेहलकुनामा ल्याई राखेको छ । उक्त लागूपदार्थ नापतौल गर्दा शुद्ध ०.०४६० ग्राम रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया