जाजरकोटमा लम्पी स्किन रोगका कारण २२७ चौपाया मरे

जाजरकोट। जाजरकोटमा लम्पी स्किन रोगका कारण २२७ चौपाया मरेका छन् ।  खेतीपाती गर्ने बेला लम्पी स्किन रोगको प्रकोप फैलिएपछि यहाँका किसानहरू चिन्तित हुन थालेका छन् । जिल्लाभरमा दुई सातायता २२७ वटा पशु चौपाया प्रकोपबाट मरेको पाइएको छ ।

पशुचौपायामा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च ज्वरो आउने, कचेरा लाग्ने, सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने र मृत्यु हुने गरेको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख कलमबहादुर महताराले भेरीबाट सुरु भएको रोग जिल्लाका सबै स्थानीय तहमा महामारीका रूपमा फैलिरहेको बताए ।

तपाईको प्रतिक्रिया