सुर्खेतको पञ्चपुरीबाट भरुवा बन्दुक सहित तिन जना पक्राउ

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. १० बच्छीबाट ३ नाल भरुवा बन्दुक सहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका वडा नं. १० का ४५ वर्षीय जगत बहादुर खत्री सोहि ठाउँका ५७ वर्षीय हस्त बहादुर नेपाली र ६० वर्षीय टेक बहादुर बयक रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट तातापानी सुर्खेतबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले शुक्रबार बेलुका सिकारी टोलीले भरुवा बन्दुक लुकाई छिपाइ राखेको सुचनाका आधारमा फेला पारेको हो । पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया