दैलेखकाे स्वास्थ्य केन्द्रमा भएको आगजनीबाट, १५ लाख बढिको क्षति

सुर्खेत । दैलेख दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित आधारभुत स्वास्थ्य केन्द्रमा भएकाे आगजनीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको भएको छ । शनिबार राति स्वास्थ्य केन्द्रमा आगजनी भएको र राति नै आगो निभिसकेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डांगीले स्वास्थ्य केन्द्रको एउटा कोठामा आगजनी भएको बताए । उक्त कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक डांगीले जानकारी दिए । कसले के कारणले आगजनी गर्‍यो भन्नेबारे थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक डांगीले बताए ।

‘स्वास्थ्य केन्द्रमा पहिला पनि निरन्तर तोडफोड भइरहन्थ्यो,हामीले संरक्षण गर्ने प्रयास गरिरहेका थियौं, यो पटक त आगजनी नै भयो,कसले र किन आगजनी गर्‍योयो भन्ने थाहा छैन्,’एक जना स्थानीयले भने ।

तपाईको प्रतिक्रिया