रुकुम पश्चिमको वाँफीकोटमा भयानक जीप दुर्घटना, तीन जनाको मृत्यू

सुर्खेत । रुकुम पश्चिमको वाँफीकोट गाउपालिकाको वडा नं. ८ तोरीधारा मोटे खोलामा आज विहानै भयानक जीप दुर्घटना भएको छ । सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जीपमा १३ देखि १४ जनासम्मले यात्रा गरेको हुनसक्ने वडाअध्यक्ष धनबहादुर खत्रीले नेपाली रैबारलाई बताए ।

फाईल तस्वीर ।

‘अहिलेसम्मको अवस्थामा दुई जनाको मृत्यू भइसकेको छ भने एक जनालाई उद्दार गरेर सडकमा लैँजाँदै गर्दा मृत्यू भएको खबर छ ।’ अहिले घटनास्थलमै रहेका वडाअध्यक्ष खत्रीले भने, अहिले अरु व्यक्तिहरुलाई खोजीरहेका छौं । वाँकी विवरण पछि दिउँला ।’

उनका अनुसार प्रहरी समेत दुर्घटनास्थलमा आइपुग्न लागेको छ । उक्त जीप सानीभेरी गाउँपालिका देखि खलंगा जाने क्रममा थियो । उक्त गाडीको नम्बर तथा मृतकको पहिचान भने अहिलेसम्म नखुलेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया