दैलेखमा यौन व्यवसाय गर्ने दुई जना हाेटल सञ्चालक पक्राउ

दैलेख । पछिल्लो समय दैलेख सदरमुकाममा पनि यौन व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ । गोप्य सूचनाका आधारमा दैलेख प्रहरीले सदरमुकामस्थित होटेल सञ्चालन गरिरहेका दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ज्वालामुखी होटेलका सञ्चालक तीर्थप्रसाद न्यौपाने र आरती होटेलका सञ्चालक दीपेन्द्र कटुवाल पक्राउ परेका हुन् ।

यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई होटेलबाट नै पक्राउ गरिएको हो । यस्तै कटुवालले पनि होटेलमा यौन व्यवसाय सञ्चालन गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । दुवै जनालाई म्याद थप गरी अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया