पूर्वराजा ज्ञानेन्द्र शाह आज वीरेन्द्रनगर आउदै

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाह आज वीरेन्द्रनगरको घण्टाघरमा हुने अभिनन्दन कार्यक्रममा आउने भएका छन् । आज दिउँसो १ बजे घण्टाघरकोे मैदानमा नागरिक अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए ।

पूर्वराजा शाहले कार्यक्रममा सम्बोधन पनि गर्ने भएका छन् । उनको स्वागतका लागि सुर्खेत विमानस्थलदेखि कार्यक्रमस्थलसम्म नेपालको झण्डा, र शाहको तस्बिर र स्वागतद्वारले सजाइएको छ ।

तपाईको प्रतिक्रिया