मानव अधिकार रक्षकको प्रदेश स्तरीय सम्मेलन वीरेन्द्रनगरमा

सुर्खेत । मानव अधिकार रक्षकको कर्णाली प्रदेश स्तरीय सम्मेलन शुक्रबारदेखी वीरेन्द्रनगरमा सुरु भएको छ । मानव अधिकारका लागि अग्रपङ्पक्तिमा रहेर काम गर्ने रक्षकका अधिकार,सुरक्षा, नीति तथा भावी कार्यव्रmमबारे छलफल गर्ने सम्मेलनको मुख्य एजेन्डा रहेको छ ।

सम्मेलनको उद्घाटन कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले गरेका थिए । मन्त्री जिसीले मानव अधिकार रक्षकले सत्यको पक्षमा आवाज उठाउनुपर्ने मा जोड दिए । कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले पछिल्ला वर्षमा मानव अधिकार मैत्री वातावरण बन्दै गएको चर्चा गर्दै आवश्यक मानव अधिकार मैत्री कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

राष्ट्रिय मानव अधिकार आयोगका, पूर्वआयुक्त सुशील प्याकुरेलले कर्णालीको मानव अधिकारको समग्र अबस्थाबारे जानकारी हुने र त्यसका आधारमा आगामी रणनीति बनाउन सम्मेलन सहज हुने विश्वास व्यक्त गरे । उनले कर्णालीमा मानव अधिकार रक्षकको अवस्था र चुनौतीका विषयमा सुझाव सङ्कलन गर्न सम्मेलनको आयोजना गरिएको बताए । सम्मेलनमा उठेका सवाललाई समेटे र आयोगले सरकारलाई आवश्यक सुझाव दिनेछ । सम्मेलनमा कर्णालीका १० वटै जिल्लाका मानव अधिकार र क्षकको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया